काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।
समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।
सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।
कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।
आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।
कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।
अवार्ड कार्यक्रम मा नेपाल टेलिकम ,नेपाल एयर लायन्स ,कृषि बिकास बैंक,एन एमवि बैक,टेन्सवर्क, गाेकर्णेश्वर नगरपालिका लगायत संघसंस्थाहरुले सहयाेग गरेका थिए ।
सातौं निम अवार्ड 2024-का विजेताहरु सर्वोत्कृष्ट राष्ट्रिय भाव कर्मा : हाम्रो भावना त एउटै सर्वोत्कृष्ट गजल गायन रुद्रशेखर शर्मा: किन सर्वोत्कृष्ट गजल गायन (जुरी) संगीता राना प्रधान : चोखो माया सर्वोत्कृष्ट आधुनिक गायक यस कुमार : सुस्तरी सुस्तरी सर्वोत्कृष्ट आधुनिक गायिका निता आचार्य : जिन्दगी त संगै जिउने हो । सर्वोत्कृष्ट आधुनिक संगीतकार नरहरी प्रेमी : घर छोडेको मान्छे सर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष टेक तामाङ : तिमी सागर सर्वोत्कृष्ट आधुनिक गीतकार महिला सविता पोख्रेल : एक चिम्टी सिन्दुर सर्वोत्कृष्ट नव प्रतिभा गायक राजु भट्ट : यो मुल्याई सर्वोत्कृष्ट नव प्रतिभा गायक सन्त बहादुर दराई (जुरी) सर्वोत्कृष्ट नव प्रतिभा गायिका प्रिजा मिश्र : के छ विचार सर्वोत्कृष्ट पप गायन डेविट शंकर : तिमिलाई हेरेर सर्वाेत्कृष्ट डायसपाेरा अवार्ड चेष्टर लिम्बू : जिवन एक संघर्ष सर्वोत्कृष्ट लोक पप गायन नविन कार्की : मान्छे होस इमान्दार सर्वोत्कृष्ट लोक पप गीतकार अनिल तिखत्री : तिमिलाई हेरेर सर्वोत्कृष्ट लोक पप संगीतकार मानस राज : मुड फ्रेस सर्वोत्कृष्ट युगल गायन मोहन श्रेष्ठ – सहिमा श्रेष्ठ : अरे क्यानम सर्वोत्कृष्ट मौलीक गीत हेमन्त कान्छा रसाईली : कोही मर्दा कसैको त सर्वोत्कृष्ट लोकदोहोरी शब्द सागर बास्तोला : गरिदेउ विदा सर्वोत्कृष्ट लोकदोहोरी लय ऋषि खड्का : गरिदेउ बिदा सर्वोत्कृष्ट लोकदोहोरी गायक राम कुमार नेपाली : मुटु चसकेर हो सर्वोत्कृष्ट लोकदोहोरी गायिका सञ्जु न्यौपाने : लामो कपाल सर्वोत्कृष्ट मौलिक भिडियो कमल एक्चै मगर : रामदली सर्वोत्कृष्ट आधुनिक÷पप निर्देशक केशव राज भट्ट : राजाको भैसी सर्वोत्कृष्ट आधुनिक/पप मोडल पुरुष राज टाईगर : माया गरे तिमिलाई सर्वोत्कृष्ट आधुनिक÷पप मोडल महिला अश्विनी शाही : तिम्रो मनमा सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक सृजन बराल (ऋषि) : जारी सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष सागर लम्साल (बले) : सोल्टी सोल्टीनी सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला एन जेड सालु : आँखैमा बस्छौ की सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (जुरी) प्रमिता राजघतानी : १८ प्लस सर्वोत्कृष्ट नव मोडल पुरुष बसन्त उदास : बैरागी सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला मिशेल घिमिरे : परिणाम सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला (पब्लिक च्वाईस) पुनम श्रेष्ठ : सुस्तरी सुस्तरी सर्वोत्कृष्ट कोरियोग्रफर राहुल बराईली : तिमि नै हौ सर्वोत्कृष्ट म्युजिक एरेन्जर सुदिप सागर : सकम्बरी सर्वोत्कृष्ट ध्वनी मिश्रण नरेन्द्र वियोगी : नदेखेको सर्वोत्कृष्ट छायाँकार मुकेश हुमागाई : तिम्रो याद सर्वोत्कृष्ट भिडियो सम्पादक अमृत चापागाई : मेरो लाहुरे सर्वोत्कृष्ट नेपाल भाषा गीतकार नातीकाजी महर्जन : बाला आपालँ सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार मनराज नकर्मी : असं बजाः मंग बजाः सर्वोत्कृष्ट नेपाल भाषा गायन मोहन शाक्य : असं बजाः मंग बजाः सर्वोत्कृष्ट नेपाल भाषा भिडियो दर्शन विर शाक्य : जिगु देय् जित यः सर्वोत्कृष्ट डेउडा गीत शान्ति शाही : पहाडकी मैना चडी सर्वोत्कृष्ट उत्कृष्ट मैथली/भोजपुरी गीत प्रेमनारायण झा : आजुक दिन शुभमंगल हो सर्वोत्कृष्ट मैथली/भोजपुरी गायन विरेन्द्र कुमार झा : तुतै तोईड देल्ही हमर दिल सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो मुन्ना कुमार : बिन्दिया तोहर गे सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो (जुरी) बद्री शाह : बेटीपर नही करु अत्याचार PHOTO LINK : NIM AWARDS -2024 (POWER NEWS FACEBOOK PAGE)