चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल -२०२१ भव्य रुपमा सम्पन्न

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए ।

त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् ।

अवार्ड समारोहमा २०२१ को चलचित्र तर्फ लभ डायरिजले नायक र नवनायक सहित विभिन्न ४ विधामा उत्कृष्ट अवार्ड जित्यो । यस्तै सर्ट फिल्म तर्फ द डटरले सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका र सर्वोत्कृष्ट चरित्र अभिनेता गरी तीन विधामा अवार्ड जित्यो ।

कोभिडका कारणले गत वर्ष जस्तो भव्य कार्यक्रम गर्न नसकेपनि ३ सम्म आयोजना गरेको कार्यक्रममा चलचित्रकर्मी र संचारकर्मीहरुको उल्लेख्य सहभागीताले आफुहरुलाई थप अगाडी वढ्न हौशला मिलेका कार्यक्रमका संयोजक राजन थापाले वताएका छन् ।

तेश्रो संस्करणको कार्यक्रम फेष्टिवलका सदस्य सचीव गोपाल ढकालले संचालन गरेका थिए भने चौथो संस्करणको कार्यक्रमको संचालन भने संचारकर्मी सरोज कोईरालाले गरेका थिए ।

पिम नेपाल फिल्म फेष्टिवल २०२१ अवार्ड बिजेताहरु
सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट अभिनेता (लभडायरिज) : शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट नव नायक ( लभ डायरिज ) : विश्वजित रिमाल
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे

सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट नायक सर्टफिल्म (जुरी_ यस्तो पो वडा अध्यक्ष) : तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका (तिम्रो हुने कहिले) : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक (म त मर्छु की क्या हो) : राजेन्द्र बजगाई

सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली सर्वोत्कृष्ट एक्सलेन्सी ईन फिल्म जर्नालिजम: विष्णु सुवेदी

सर्वोत्कृष्ट फिल्म : लभडायरिज

पिम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईला: राष्ठ्रिय गानका सर्जक
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी



| Theme: markmedia by Web Bank Nepal.